दक्षिण सुडानमा १७५६ जना नेपाली शान्ति सैनिक तैनाथ
काठमाडौँ । दक्षिण सुडानस्थित संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा १७५६ जना नेपाली शान्ति सैनिक तैनाथ रहेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाको दुई वटा गण, एउटा गुल्म सहित सो संख्यामा शान्ति सैनिक तैनाथ रहेका हुन् ।
यसैबीच सो मिसनमा तैनाथ तारादल गण (शान्ति सेना) तेह्रौँ डफ्फालाई बदली गर्न खटिएको श्रीनाथ गण चौधौँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको अन्तिम टोली मंगलबार सेनानी पूर्ण बहादुर चन्दको नेतृत्वमा संयुक्त राष्ट्र संघको चार्टर्ड विमानद्वारा मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।
यस्तै गणपति, प्रमुख सेनानी सुरेश देवकोटाको कमाण्डमा रहेको सो गणका ५२५ जना शान्ति सैनिक यस अगावै मिसन इलाका पुगिसकेका छन् ।
सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी तारादल गणका १७५ जना शान्ति सैनिकहरूको अन्तिम टोली पनि गणपति प्रमुख सेनानी अनिल केसीको नेतृत्वमा सोमाबर स्वदेश फिर्ता भइसकेको सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण