मेलम्चीका स्थानीय आपूर्तिकर्तालाई रकम दिलाउन पहल गर्ने मन्त्री यादवको प्रतिबद्धता
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गर्ने जिम्मेवारी पाएको इटालियन ठेकेदार कम्पनी (सिएमसी)लाई सामग्री आपूर्ति गर्ने स्थानीय आपूर्तिकर्ताले पाउनुपर्ने रकम तथा घर जग्गाको भाडा दिलाउन पहल गर्ने बताएका छन् ।
मंगलबार मन्त्रालयमा स्थानीय आपूर्तिकर्ता तथा बाहुनपाटी स्थानीयसँगको छलफलका क्रममा मन्त्री यादवले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले भने, 'सिएमसीले काम छोडेर गएपछि ठेक्का पनि तोडिएको छ, तपाईहरुले पाउनुपर्ने रकम तथा घर जग्गाको भाडा दिलाउन म सहित सिङ्गो मन्त्रालय पहल गर्ने छ ।'
यसैगरी मन्त्री यादवले मेलम्चीको सुरुङ निर्माण गर्ने जिम्मेवारी पाएको इटालियन ठेकेदार कम्पनी (सिएमसी) ले भाडा नदिएका कारण मेलम्ची क्षेत्रका जनताहरुलाई दुःख भएको विषयमा आफु निकै चिन्तित बनेको बताए ।
मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले सिएमसीले स्थानीय आपूर्तिकर्तालाई करिब चार वर्षको घरजग्गा भाडा र आपूर्ति गरिएको सामग्रीको रकम दिन समेत बाँकी देखिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण