नेपाल र बंगलादेशका सहसचिवस्तरीय बैठक : ऊर्जा व्यापारका सम्बन्धमा छलफल
काठमाडौँ । नेपाल र बंगलादेशबीचको ऊर्जा व्यापारका सम्बन्धमा छलफल गर्न दुई देशबीचका सहसचिवस्तरीय बैठक सम्पन्न भएको छ ।
नेपाल र बंगलादेशबीच ऊर्जा व्यापार र विद्युत्सँग सम्बन्धित विषयमा छलफल गर्नका लागि सन् २०१८ मा स्थापना भएको संयुक्त कार्यदलको संयन्त्रको छैटौँ बैठक मंगलबार काठमाडौँमा सम्पन्न भएको हो ।
बैठकमा यही असोज १७ गते नेपाल–भारत–बंगलादेशबीच हुन लागेको त्रिपक्षीय ऊर्जा सम्झौता, नेपाल र बंगलादेशबीचको ऊर्जा विकासका सम्भावनाका विविध विषयमा छलफल भएको कार्यदलका संयोजक एवं ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव चीरञ्जीवी चटौतले जानकारी दिए ।
नेपाल र बंगलादेशका सहसचिवले नेतृत्व गर्ने संयुक्त कार्यदल (जेडब्लुजी) ले गरेको निर्णयबारेमा बुधबार सचिवले नेतृत्व गर्ने संयुक्त निर्देशक समिति (जेएससी)को बैठकमा पेस गरिनेछ ।
नेपाल, भारत र बंगलादेशबीच यही असोज १७ गते त्रिपक्षीय ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । बंगलादेशले पहिलोपटक भारतीय प्रसारण लाइनको प्रयोग गरी नेपालमा उत्पादित विद्युत् आफ्नो देश लैजान लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण