विपद्को चपेटामा भूमिहीन, सरकारको बेवास्ता
काठमाडौँ । प्राकृतिक विपद्का बेला भूमिहीनहरू थप मारमा परेका छन्। भूमिहीनका समस्या नसुल्झिएकै बेला प्राकृतिक विपद्बाट जोगिने चुनौती बनेको छ ।
संविधानको मौलिक हक अन्तर्गत भूमिमा नागरिकको अधिकार सुनिश्चित गरिएको छ । भूमिहीनका समस्या सम्बोधन गर्न बनाइएका ऐन र आयोगले समस्या समाधान भन्दा जटिलता थपिएको सरोकारवालाको दाबी छ ।
भूमिहीनका पीडा त छँदैछ, त्यसमाथि विपद् प्रभावितको अवस्थामा समेत राज्य संयन्त्रले वास्ता नगर्नु ठूलो समस्या बनेको भूमि अधिकार अभियन्ताहरूले औँल्याएका छन् ।
भूमिहीन र सुकुम्बासीलाई जग्गा वितरण गर्न २०४६ यता १८ पटक आयोग र समिति गठन बने। तर, समस्या ज्यूँकात्यूँ छन् । मंगलबार काठमाडौँमा भएको 'विपद् प्रभावित भूमिहीनका समस्या र चुनौतीहरू' बिषयक राष्ट्रिय बहस कार्यक्रममा वक्ताहरूले भूमिहीनहरू विपद्का लागि थप समस्यामा परेको बताएका हुन् ।
उनीहरूले भूमिहीनका समस्याका विषयमा सरकार गम्भीर बन्नुपर्ने बताए । कार्यक्रममा भूमि र बासस्थानको वैज्ञानिक वितरण, भूमिहीनका समस् न्यूनीकरण अल्पकालीन र दीर्घकालीन उपायबारे विस्तृत छलफल गरिएको थियो ।
भूमिअधिकारकर्मी जगत बस्नेतले भूमिको असन्तुलित वितरण र भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता गणेश भट्टले सरकारी नीति र व्यवहारमा देखिएको बेमेलबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
पूर्व सचिव तथा डीपी नेट नेपाल सल्लाहकार केदार न्यौपानेले कूल जनसंख्याको २९ प्रतिशत जनसंख्या भूस्वामित्व विहीन रहेकाले सरकार जिम्मेवार बन्नुपर्ने बताए ।
अर्का वक्ता मिनार थापा मगरले नेपाल र पाकिस्तानमा विपद् पछिको पुर्नस्थापनबारे भए गरेका उपायको तुलनात्मक अध्ययन प्रस्तुत गरे । डीपी नेटका अध्यक्ष डा. राजु थापाले समसामयिक राष्ट्रिय बहस जारी रहने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण