सुशीलाको स्वर रहेको ‘तिम्रो मायाको छहारीमा’ सार्वजनिक
काठमाडौँ । गायिका सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिम्रो मायाको छहारीमा’ सार्वजनिक भएको छ । प्रतिमा लामिछानेको शब्द रचना, प्रभुराज ढकालको सङ्गीत, मनोहर सुनामको एरेञ्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको स्टुडियो छायांकनसहितको भिडियो सार्वजनिक भएको हो ।
गीतमा आफूले मन पराएको मान्छेको छहारीमा जिउन चाहने आशय व्यक्त गरिएको छ । आफ्नो प्यारो मान्छेको हृदयको धड्कन बन्न चाह यसमा व्यक्त गरिएको छ ।
भिडियोमा पशुपति श्रेष्ठ, बद्री श्रेष्ठ, सुमन पी मैनालीको छायाङ्कन एवं सम्पादन रहको छ । सानैदेखि गीत सङ्गीतमा लगाव राख्दै आएकी सुशीला पछिल्लो समय अमेरिकाको बोस्टनमा रहँदै आएकी छिन् । विदेशमा रहेपनि उनी नेपाली गीत सङ्गीतमा सक्रिय रहँदै आएकी छिन् ।
‘तिम्रो मायाको छहारीमा’ गीतलाई गायिका सुशीलाकै अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण