मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.ज्ञवाली नियुक्त
हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.प्रदीप ज्ञवाली नियुक्त भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले डा. ज्ञवालीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।
४ वर्षे कार्यकालका लागि उपकुलपतिमा नियुक्त भएका डा.ज्ञवाली पाल्पाका हुन् । उनलाई सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको सिफारिस र स्वास्थ्य मन्त्री किरण थापाको सहमतिमा मन्त्रिपरिषद् बैठकले उपकुलपतिमा नियुक्त गरेको हो ।
गत साउन १५ देखि रिक्त उक्त पदमा प्रदेश सरकारले २ महिना पछि डा.ज्ञवालीलाई नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट अफ मेडिसिन क्लिनिकल फर्माकोलोजिमा मास्टर्स गरेका डा.ज्ञवाली महाराजगन्ज मेडिकल क्याम्पस एशोसियट प्रोफेसर हुन् । टिचिङ अस्पताल अन्तर्गतको सो क्याम्पसको अनुसन्धान शाखाको प्रमुख समेत हुन् । उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिव समेत भएर काम गरिसकेका छन् ।
प्रदेशको स्वास्थ्य मन्त्री थापाको संयोजकत्वमा रहेको सिफारिस समितिले डा.ज्ञवालीसहित डा. हरिबहादुर खड्का र डा.सुजन मानन्धरलाई उपकुलपति नियुक्तिका लागि सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
-
टेकुमा गोली चल्यो, एक जना घाइते
-
नेपालबिना भारत विश्वगुरु बन्न सक्दैन : राजकिशोर यादव
-
ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छाैँ : मन्त्री पटेल
-
फाइनल अघि मेस्सीको एउटा पोस्टले प्रशंसकमा कौतुहलता, सन्न्यास लिन लागेका हुन् ?
-
मेटलाइफ स्टेडियमले विश्वकप फाइनल आयोजना गर्ने अवसर कसरी पायो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण