‘ज्वाइँ साब’मा जितुको बुढ्यौली गेटअप किन ?
काठमाडौँ । जितु नेपालको मुख्य भूमिका रहेको फिल्म हो ‘ज्वाइँ साब’ । यही असोज २४ गतेबाट प्रदर्शनमा आउने फिल्मको नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता जितुको बुढ्यौली गेटअप देख्न सकिन्छ ।
पोस्टर जितु आफैँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । पोस्टरबाट फिल्ममा जितुको युवादेखि बुढ्यौलीसम्मको अभिनय रहेको अनुमान गर्न सकिन्छ ।
पोस्टरमा जितुलाई गोवर्द्धन पण्डितको रूपमा चित्रण गरिएको छ । यो गेटअपले फिल्ममा कतै जितुको दोहोरो भूमिकामा त छैन भन्ने कौतुहलता जगाएको छ । जितुको दोहोरो भूमिका हो वा होइन भन्ने बारे निर्माण पक्षले केही बोलेको छैन ।
राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा वसन्त निरौलाको निर्देशन छ । फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण