भारतको पूणेमा हेलिकप्टर दुघर्टना, ३ को मृत्यु
नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यको पुणे जिल्लामा बुधबार हेलिकप्टर दुर्घटना भएको छ । जिल्लाको बावधनमा भएको सो दुघर्टनामा परेर विमानमा सवार दुई पाइलट र एक इन्जिनियरको मृत्यु छ । घटना बिहान ६ः४५ बजे बावधनस्थित केके कन्स्ट्रक्सन हिल नजिक भएको हो । हेलिकप्टर अक्सफोर्ड गल्फ कोर्सको हेलिप्याडबाट मुम्बईको जुहुका लागि उडेको थियो ।
उडेको करिब केही मिनेटपछि हेलिकप्टर १ दशमलव ५ किलोमिटर टाढा पुगेर दुर्घटनाग्रस्त भएको समाचारमा उल्लेख छ। दुर्घटना पहाडी क्षेत्रमा भएको बताइएको हो । बिहानै त्यहाँ बाक्लो कुहिरो थियो । दुर्घटनापछि हेलिकप्टरमा आगो लागेको थियो । दुर्घटनाको जानकारी पाएलगत्तै दुई एम्बुलेन्स र चार दमकल उद्धारका लागि घटनास्थलमा पुगेका थिए । हेलिकप्टरका सबै पार्ट्स चकनाचुर भएर आगो बलिरहेको थियो ।
हेलिकप्टर हेरिटेज एभिएसन नामक निजी कम्पनीको थियो । पाइलट र इन्जिनियर दुवैको पहिचान खुल्न नसकेको बताइएको छ । दुर्घटनाको कारण पनि थाहा हुन सकेको छैन । महाराष्ट्रमा गएको ४० दिनभित्र भएको यो दोस्रो हेलिकप्टर दुघर्टना थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण