प्रदेशको योजना छनौट र कार्यान्वयन पक्ष कमजोर छ : मुख्यमन्त्री लामा
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले योजना छनौट र कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गरेका छन् । उनले प्रदेश सरकारको बजेट विनियोजनमा योजना छनौट र सो पश्चात् कार्यान्वयन पक्ष अत्यन्त कमजोर हुँदा अपेक्षित लक्ष्य हासिल गर्न नसकिएको बताएका हुन् ।
प्रदेश नीति तथा योजना आयोगको आयोजनामा हेटौंडामा भएको वार्षिक समीक्षा एवं प्रदेश समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले अन्तर मन्त्रालय समन्वय अभावका कारण आयोजना छनौट र कार्यान्वयनमा समस्या भएको बताए । समन्वयको अभाव हुँदा आयोजना दोहोरो पर्ने, क्षेत्राधिकार बाहिरको आयोजना समावेश गर्ने, प्राविधिक जनशक्ति व्यवस्थापनमा समस्या हुने गरेको उनको भनाई छ ।
विगतमा आयोजना छनौट तथा कार्यान्वयन पूर्वअध्ययन नगर्दा निर्माण भएका पूर्वाधारहरु अलपत्र अवस्थामा रहेको उनले बताए । प्रदेश सरकारको लगानी प्रतिफल विहीन अवस्थामा अन्योल ढंगबाट रहन पुगेको मुख्यमन्त्री लामाको भनाई छ ।
मुख्यमन्त्री लामाका अनुसार बहुवर्षे आयोजना छनौटमा विधि अनुशासनको पालन नहुँदा समस्या भइरहेको छ । वहुवर्षे आयोजना छनौटमा प्रक्रिया र मापदण्ड मिचेर काम गर्दा प्रदेश सरकार माथि थप चुनौती थपिएको उनले बताए ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेशका आयोजनाहरूमा औचित्यहीन ढंगबाट लगानी भइरहेको बताए । बजेटको ठुलो हिस्सा लगानी भएका आयोजनाहरू उत्पादनहीन रूपमा रहेको उनले बताए । प्रदेश सरकारले आयोजना छनौटमा आवश्यकता र औचित्यका आधारमा प्राथमिकीकरण गरिनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालले प्रदेश सरकारले ल्याएका आयोजनाहरूमा कर्मचारीहरूले अपनत्व ग्रहण गर्न नसकेको बताए । कर्मचारीहरूले राजनीतिक नेतृत्वको नीति निर्देशन र योजनालाई अपनत्व ग्रहण गरेर अघि बढ्नु पर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकमा डेपुटी गभर्नर थप्नु हुँदैन : एमाले सांसद कँडेल
-
अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा ५ जनाको मृत्यु, १४ बेपत्ता
-
माधवसँगको छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय गर्ने
-
बैंकको सीईओलाई भविष्यसमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण