बंगलादेशमा बढे मोबाइल फोन प्रयोगकर्ता
बिहीबार, १७ असोज २०८१, ०१ : २३
ढाका । बंगलादेशमा यस वर्षको अगस्टको अन्त्यमा मोबाइल फोन प्रयोगकर्ताको कूल सङ्ख्या १९ करोड २० लाख पुगेको देशको दूरसञ्चार नियामकको पछिल्लो तथ्यांकले देखाएको छ ।
बंगलादेश दूरसञ्चार नियामक आयोग (बिटिआरसी) को तथ्याङ्कअनुसार दक्षिण यस एसियाली देशमा सन् २०२४ को अगस्टमा ग्राहकको सङ्ख्या १९ करोड २४ लाख ३० हजार पुगेको छ ।
हाल बंगलादेशमा चार मोबाइल कम्पनी छन् र तीमध्ये तीन विदेशी समर्थित सेल फोन अपरेटरहरू छन् ।
अगस्टको अन्त्यमा मोबाइल अपरेटरहरू ग्रामीण फोन, रोबी एक्जिएटा, बंगलालिङ्क डिजिटल कम्युनिकेसन र टेलिटक बंगलादेशका ग्राहकहरूको सङ्ख्या क्रमशः आठ करोड ५८ लाख, पाँच करोड ८३ लाख, चार करोड २४ लाख र छ करोड ५३ लाख रहेको बिटिआरसीको तथ्याङ्कले देखाएको छ ।
बंगलादेशमा सन् २०२३ को अन्त्यमा १९ करोड आठ लाख मोबाइल फोन ग्राहकहरू थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
मोदीले गरे मध्यरातमा यस्तो घोषणा, राहुल गान्धीले भने- विद्यार्थीहरूसँग माफी माग्नुहोस्
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण