संस्कृति रहेन भने देश रहँदैन : उपसभामुख राना
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले देशको अस्तित्वसँग भाषा र संस्कृति जोडिएको धारणा राखेकी छिन् । नागरिक समाजको १८ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार भएको कार्यक्रममा बोल्दै उपसभामुख रानाले संस्कृति नरहे देश नै नरहने धारणा राख्दै संस्कृति संरक्षणमा जोड दिएकी हुन् ।
‘कुनै पनि देशको अस्तित्व भाषा र संस्कृतिसँग जोडिएको हुन्छ’, उनले भनिन्, ‘भाषा संस्कृति नै संरक्षण भएन भने देशको अस्तित्व नै रहँदैन, सबैले संस्कृति संरक्षणका लागि आफ्नो ठाउँबाट प्रयास गर्नुपर्छ ।’ उनले स्वदेशमा मात्रै नभई विश्वका धेरै मुलुकमा रहेका नेपालीहरूले पनि आफ्नो भाषा र संस्कृतिको संरक्षणका लागि सामूहिक प्रयास गरिरहेको भन्दै यसलाई कायम राख्न आग्रह गरिन् । देश र भाषा संस्कृतिको प्रवर्द्धन गर्न प्रिस्कुलबाट नै आमा, देश र देश प्रतिको दायित्वका बारेमा बुझाउने प्रयास गर्नुपर्ने कुरामा उनले जोड दिइन् । विद्यालयबाट नै देश र भाषा तथा संस्कृतिका बारेमा बुझाउन सक्दा सधैँ राष्ट्रियताप्रति गहिरो माया र दायित्व बुझाउन सकिने धारणा उनको थियो ।
उपसभामुख रानाले नेपाली सधैँ शान्तिको पक्षमा रहेको भन्दै नागरिक समाज र सबै पक्षले शान्तिको महत्त्व बुझाउन भूमिका खेल्नुपर्ने कुरामा पनि जोड दिइन् । हिंसाको विरोध र शान्तिको पक्षमा विश्वव्यापीमा रूपमा दिँदै आएको सन्देशलाई कायम राख्नुपर्छ भन्दै उनले नेपाली शान्तिप्रिय छौ भन्ने भावना र सन्देश सबैले दिनुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण