महिला टी–२० विश्वकप : उद्घाटन खेलमा पाकिस्तान विजयी
काठमाडौँ । युएईको शारजाहमा जारी महिला टी–२० विश्वकप २०२४ को उद्घाटन खेलमा पाकिस्तानले श्रीलङ्कालाई ३१ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ ।
पाकिस्तानले ११६ रनको मध्यम स्कोर बनाए पनि श्रीलङ्कालाई मात्र ८५ रनमा सीमित गर्दै जित दर्ता गरेको हो ।
पाकिस्तानका लागि कप्तान फातिमा साना शीर्ष स्कोरर रहिन्, जसले ३० रन बनाउँदै टोलीलाई लडनयोग्य स्कोरसम्म पुर्याइन्। निदा दारले २३ तथा ओमाइमा सोहेलले १८ रन बनाइन् ।
श्रीलङ्काका उदेशिका प्रभोधनी, सुगन्दिका कुमारी र कप्तान चमारी अथापथ्थुले समान ३ विकेट लिएर पाकिस्तानलाई दबाबमा राखेका थिए । तर, पाकिस्तानका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै श्रीलङ्कालाई लक्ष्यसम्म पुग्न दिएनन् ।
श्रीलङ्काको ब्याटिङमा चमारी अथापथ्थुको प्रदर्शन उल्लेखनीय रह्यो। उनले बलिङमा ३ विकेट लिएर पाकिस्तानलाई दबाबमा राख्न मद्दत गरे तापनि ब्याटिङमा मात्र २२ रनको योगदान दिँदै आउट भइन् ।
यसैगरी विष्मी गुणरत्नेले २० रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।
पाकिस्तानका ओमैमा सोहेलले सानदार बलिङ गर्दै ३ विकेट लिइन् भने साना र इकबालले पनि समान २–२ विकेट लिए ।
यो जितसँगै पाकिस्तानले श्रीलंकाविरुद्ध लगातार चार खेलमा हार बेहोरेको शृङ्खला तोड्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण