पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित होइन : शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ज्ञान र सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित नभएको बताएका छन् ।
महासचिव पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणका क्रममा अङ्ग्रेजी भाषणमा ‘डाँफेज’ र ‘गैँडाज्’ शब्द प्रयोग गरेको सन्दर्भमा सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई ती शब्दको अङ्ग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको भन्दै पश्चिममाकरणको मान्यता मात्र ठिक भन्न नहुने बताएका हुन् ।
प्रधानमन्त्रीले प्रयोग गरेका शब्दलाई लिएर सामाजिक सञ्जालमा बहस समेत चलाउने प्रयास भइरहेको पनि पोखरेलले बताएका छन् ।
‘तर प्रधानमन्त्रीले केही समय पहिले नेपालमा नै अङ्ग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरूलाई सम्बोधन गर्ने क्रममा नै डाँफे र गैँडालाई अङ्ग्रेजीमा समेत नेपाली नामवाटै सम्बोधन गर्नु उचित हुने विषय उठाउनु भएको थियो’, शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले प्रस्टीकरण दिँदै भनेका छन्, ‘उहाँको अमेरिका भ्रमणका सन्दर्भमा प्रयोग गरिएको सो शब्दलाई सोही परिप्रेक्षकमा बुझ्नु पर्दछ । यद्यपि उहाँको त्यो विचारले अहिले नै मान्यता पाइहाल्छ भन्ने होइन । ’
पोखरेलले ज्ञान र सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित नभएको भन्दै विश्वज्ञान सिद्धान्तको विकासमा एसियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्दै त्यसलाई स्थापित गर्न निरन्तर प्रयास गर्नु पर्नेमा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण