बेल्जियन प्रतिद्वन्द्वीमाथि चेल्सीको सजिलो जित
काठमाडौँ । कन्फरेन्स लिग फुटबल प्रतियोगिताको लिग चरणमा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले विजयी सुरुवात गरेको छ । चेल्सीले बिहीबार राति सम्पन्न खेलमा बेल्जियन क्लब जेन्टलाई ४–२ गोलले पराजित गर्यो ।
घरेलु मैदानमा खेलिएको प्रतिस्पर्धात्मक खेलमा चेल्सीले पहिलो हाफमै अग्रता लिएको थियो । खेल सुरु भएको १२औँ मिनेटमै चेल्सीका लागि रेनाटो भेइगाले गोल गरेका थिए । दुबै टोलीबाट बाँकी गोल भने खेलको दोस्रो हाफमा भएको थियो ।
निर्धारित समयको ४६औँ मिनेटमा पेड्रो नेटोले चेल्सीको अग्रता दोब्बर बनाएका थिए । ५०औँ मिनेटमा जेन्टका लागि सुयोशी वातानाबेले पहिलो गोल फर्काएका थिए । ६३औँ मिनेटमा क्रिस्टोफर एनकुनकुले फेरि चेल्सीलाई ३–१ को अग्रता दिलाएका थिए ।
खेल प्रतिस्पर्धात्मक रुपमा अघि बढिरहँदा निर्धारित समयको ७०औँ मिनेटमा चेल्सीका लागि किरनान डसबरी हलले चौथो गोल थपेका थिए । जेन्टका लागि दोस्रो गोल निर्धारित समयको खेल सकिनुभन्दा ठिकअघि ओम्री गन्डेलम्यानले गरेका थिए ।
जारी सिजनको लिगमा चेल्सीसँगै १४ क्लबले विजयी सुरुवात गरेका छन् । बेल्जियमको क्लब ब्रुग तीन अंकसहित तालिकाको पहिलो स्थानमा छ । चेल्सी तालिकाको छैटौँ स्थानमा आसिन छ । इटालियन क्लब फियोरेन्टिनाले पनि आफ्नो पहिलो खेल जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण