सारेगमप लिल च्याम्प्स २ को भोटिङ खल्ती बाट गर्न सकिने
काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ सारेगमप लिल च्याम्प्स नेपालको दोस्रो संस्करणका लागि एक्सक्लुसिब भोटिङ पार्टनर बनेको छ। यस संस्करणमा खल्ती प्रयोगकर्ताहरूले आफूलाई मन पर्ने ‘सारेगमप लिल च्याम्प्स’ का प्रतियोगीलाई खल्ती एप मार्फत सजिलै भोट गर्न सक्नेछन्।
बालबालिकाहरूको गायन प्रतिभामा केन्द्रित ‘सारेगमप लिल च्याम्प्स’ विश्वव्यापी रूपमा चिनिएको फ्रेन्चाइज हो। पहिलो संस्करणबाट नै नेपाली साङ्गीतिक रियालिटी शो को एक महत्त्वपूर्ण हिस्सा बन्न पुगेको ‘सारेगमप लिल च्याम्प्स ’ को दोस्रो संस्करण यही मङ्सिरबाट Space 4K र DOKO प्लेटफर्म मार्फत प्रसारण हुने जनाइएको छ ।
यस संस्करणमा सङ्गीतका दिग्गज दीप श्रेष्ठ, युवा प्रतीक स्वप्न सुमन र सुवानी मोक्तान जज प्यानलमा रहनु हुने घोषणा गरिएको छ।
सारेगमपका प्रोजेक्ट प्रमुख विपिन कुमारले भने, "खल्ती सँगको यस सहकार्यले हाम्रो दर्शकहरूलाई पहिले भन्दा अझ सशक्त बनाएको छ। सो, प्रतियोगी र गायन कलाका प्रशंसकहरूले अझ सरल तरिकाले भोटिङ गर्न पाउने यस व्यवस्थाले हाम्रो प्रतियोगीहरूको भविष्यमा महत्त्वपूर्ण प्रभाव पार्ने कुरामा हामी विश्वस्त छौँ। दर्शकहरू माझ सहभागिता र सम्बन्ध विस्तार गर्नका निम्ति खल्ती सँग एक नयाँ डिजिटल दृष्टिकोण ल्याउन पाउँदा हामी एकदम उत्साहित छौँ। ”
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यस साझेदारीमा खुसी व्यक्त गरे । उनले भने, “हामीले हाल सम्म सयौँ कार्यक्रमहरूको लागि खल्ती भोटिङ प्ल्याटफर्म प्रदान गर्दै आइरहेका छौँ। यसै अनुरूप हामीले सारेगमप सँगको यस सहकार्यमा ‘सारेगमप लिल च्याम्प्स सिजन 2’ मा भोटिङ सुविधा उपलब्ध गराउन पाउँदा निकै खुसी छौँ। अब खल्ती प्रयोगकर्ताहरूले आफू जहाँ भए पनि आफ्नो मन पर्ने प्रतिभालाई खल्तीबाट सजिलै भोट गर्न सक्नेछन् । आगामी दिनमा हामी अझ धेरै भन्दा धेरै सो र कार्यक्रमहरूलाई यो प्ल्याटफर्मको सुविधा प्रदान गर्ने कुरामा हामी विश्वस्त छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न अध्यक्ष ओलीको निर्देशन
-
पर्याप्त आधार र प्रमाणबिना हाइप्रोफाइल नेता धमाधम पक्राउ, अदालतमा ‘प्रमाण अभाव’
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प
-
वीरेन्द्रनगरको निकास खोला जंगलमा एक व्यक्ति मृत भेटिए
-
राष्ट्र बैंकमा डेपुटी गभर्नर थप्नु हुँदैन : एमाले सांसद कँडेल
-
अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा ५ जनाको मृत्यु, १४ बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण