काठमाडौँबाट उड्दा जहाज भरिभराउ, फर्किँदा रित्तै

काठमाडौँ । दसैँका लागि काठमाडौँबाट बाहिरिनेहरू बढेसँगै सडक र हवाई दुवै क्षेत्रमा यात्रुको चाप बढेको छ ।
दसैँको यात्रा सुरु हुनुअघि नै गत हप्ताको बाढी पहिरोले सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रुको सङ्ख्या बढेको थियो । गएको आइतबारदेखि हरेक विमानहरू भरिभराउ भएर काठमाडौँबाट उडिरहेका छन् ।
दसैँको फूलपातीको दिनसम्म काठमाडौँबाट हरेक गन्तव्यका लागि टिकट बुक भइसकेका छन् । यात्रुको चाप बढेसँगै विमान कम्पनीहरूले केही ‘स्लट’ थप पनि गरेका छन् । अहिले काठमाडौँबाट भरतपुर, पोखरा, नेपालगन्ज, धनगढी, जनकपुर, पोखरा, भद्रपुर लगायतमा थप उडान भएका छन् । यात्रुको चाप उच्च भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हिजो, घटस्थापनादेखि दसैँभर रात्रिकालीन उडान हुने विमानस्थलमा बिहान ४ः३० देखि राति १२ बजेसम्म उडान हुने जनाएको छ । तर पनि काठमाडौँबाट उड्ने यात्रुले टिकट पाउन मुस्किल छ ।
जाँदा भरिभराउ भएका विमानहरू काठमाडौँ फर्किँदा भने रित्तै हुन्छन् । बुध्द एयरका सूचना अधिकारी दीपन्द्र कर्णले उपत्यका बाहिरबाट फर्किने सबै विमानहरू अहिले सरदर २५–३० प्रतिशत यात्रुमा उडिरहेको बताए । उनले भने, ‘जाँदा यात्रुहरू भरिभराउ हुन्छन् । फर्किँदा सबै विमानहरू रित्तैजस्तो अवस्थामा हुन्छन् ।’
काठमाडौँ आउने यात्रुको सङ्ख्या कम भएपछि उपत्यका बाहिरका सबै गन्तव्यबाट एयरलाइन्स कम्पनीहरू न्यूनतम दरमा उडाइरहेका छन् । जस्तो अहिले नेपालगन्ज जानको लागि टिकट पाइन छोडेको छ । पाइए पनि यात्रुले अधिकतम दरका टिकट मात्रै पाइन्छन् । जाने यात्रुले १३ हजार २६४ तिर्दा सोही विमानमार्फत फर्किने यात्रुले भने न्यूनतम दर ६ हजार ६०० मै उड्न पाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख
-
काठमाडौँबाट बाहिरिँदा १२ स्थानबाट बाढी–पहिरो र सडकको अवस्थाबारे जानकारी पाइने