काठमाडौँबाट उड्दा जहाज भरिभराउ, फर्किँदा रित्तै
काठमाडौँ । दसैँका लागि काठमाडौँबाट बाहिरिनेहरू बढेसँगै सडक र हवाई दुवै क्षेत्रमा यात्रुको चाप बढेको छ ।
दसैँको यात्रा सुरु हुनुअघि नै गत हप्ताको बाढी पहिरोले सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रुको सङ्ख्या बढेको थियो । गएको आइतबारदेखि हरेक विमानहरू भरिभराउ भएर काठमाडौँबाट उडिरहेका छन् ।
दसैँको फूलपातीको दिनसम्म काठमाडौँबाट हरेक गन्तव्यका लागि टिकट बुक भइसकेका छन् । यात्रुको चाप बढेसँगै विमान कम्पनीहरूले केही ‘स्लट’ थप पनि गरेका छन् । अहिले काठमाडौँबाट भरतपुर, पोखरा, नेपालगन्ज, धनगढी, जनकपुर, पोखरा, भद्रपुर लगायतमा थप उडान भएका छन् । यात्रुको चाप उच्च भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हिजो, घटस्थापनादेखि दसैँभर रात्रिकालीन उडान हुने विमानस्थलमा बिहान ४ः३० देखि राति १२ बजेसम्म उडान हुने जनाएको छ । तर पनि काठमाडौँबाट उड्ने यात्रुले टिकट पाउन मुस्किल छ ।
जाँदा भरिभराउ भएका विमानहरू काठमाडौँ फर्किँदा भने रित्तै हुन्छन् । बुध्द एयरका सूचना अधिकारी दीपन्द्र कर्णले उपत्यका बाहिरबाट फर्किने सबै विमानहरू अहिले सरदर २५–३० प्रतिशत यात्रुमा उडिरहेको बताए । उनले भने, ‘जाँदा यात्रुहरू भरिभराउ हुन्छन् । फर्किँदा सबै विमानहरू रित्तैजस्तो अवस्थामा हुन्छन् ।’
काठमाडौँ आउने यात्रुको सङ्ख्या कम भएपछि उपत्यका बाहिरका सबै गन्तव्यबाट एयरलाइन्स कम्पनीहरू न्यूनतम दरमा उडाइरहेका छन् । जस्तो अहिले नेपालगन्ज जानको लागि टिकट पाइन छोडेको छ । पाइए पनि यात्रुले अधिकतम दरका टिकट मात्रै पाइन्छन् । जाने यात्रुले १३ हजार २६४ तिर्दा सोही विमानमार्फत फर्किने यात्रुले भने न्यूनतम दर ६ हजार ६०० मै उड्न पाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा ५ जनाको मृत्यु, १४ बेपत्ता
-
माधवसँगको छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय गर्ने
-
बैंकको सीईओलाई भविष्यसमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
-
टेकुमा गोली चल्यो, एक जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण