तारा र समिट एयरलाई काठमाडौं–रामेछाप उडान गर्न अनुमति

काठमाडौं । बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा र समिट एयरलाई काठमाडौं–रामेछाप उडान गर्न अनुमति दिएको छ ।
यो रुटमा यसअघि विमान अभाव तथा काठमाडौंमा अत्याधिक उडान चाप हुने गरेकाले दुईतर्फी उडान हुने गरेको थिएन । तर अहिले यात्रुहरूको मागमा आधारित भएर प्राधिकरणले अनुमति दिएको हो ।
अब आजदेखि नै यो रुटमा पनि तारा र समिटले उडान गर्ने भएका छन् । प्राधिकरणका एयर ट्रान्सपोर्ट डिभिजनका उपनिर्देशक समेत रहेका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘काठमाडौं मन्थली उडानमा तारालाई सातामा तीनवटा र समिट एयरलाई सातामा चारवटा उडानका लागि शुक्रबार बेलुकी अनुमति जारी गरिएको छ।’
उनका अनुसार अब यो रुटमा दैनिक एउटा उडान हुने छ । बाढीपहिरोका कारण सिन्धुली खुर्कोट सडक अवरोध भएपछि प्राधिकरणले यो रुटमा साना जहाजलाई व्यवसायिक उडान खुला गरेको उनले बताए ।
यो रुटमा काठमाडौंबाट रामेछाप उडानको एकतर्फी हवाई भाडा ४ हजार र रामेछापबाट काठमाडौं उडानको ३ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
यो नेपाली यात्रुहरुका लागि हो । सार्क मुलुक र अन्य विदेशी पर्यटकले नेपालीको दाँजोमा महँगो टिकट खरिद गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एक जनाको मृत्यु
-
नेपालमा मृत्युको स्थिति : सबैभन्दा धेरै कोशी प्रदेशमा, सबैभन्दा न्यून कर्णालीमा
-
१२औँ म्युजिक खबर अवार्डको उत्कृष्ट पाँचमा को–को समेटिए ?
-
एकपछि अर्को मिसाइल परीक्षण गर्दै पाकिस्तान
-
आहा ! गुलमोहरले ढकमक्क वीरेन्द्रनगर (तस्बिरहरू)
-
चैतसम्म निर्जीवन बीमाद्वारा ३२ अर्ब ८१ करोड बीमा शुल्क संकलन, कसको कति ?