तारा र समिट एयरलाई काठमाडौं–रामेछाप उडान गर्न अनुमति
काठमाडौं । बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा र समिट एयरलाई काठमाडौं–रामेछाप उडान गर्न अनुमति दिएको छ ।
यो रुटमा यसअघि विमान अभाव तथा काठमाडौंमा अत्याधिक उडान चाप हुने गरेकाले दुईतर्फी उडान हुने गरेको थिएन । तर अहिले यात्रुहरूको मागमा आधारित भएर प्राधिकरणले अनुमति दिएको हो ।
अब आजदेखि नै यो रुटमा पनि तारा र समिटले उडान गर्ने भएका छन् । प्राधिकरणका एयर ट्रान्सपोर्ट डिभिजनका उपनिर्देशक समेत रहेका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘काठमाडौं मन्थली उडानमा तारालाई सातामा तीनवटा र समिट एयरलाई सातामा चारवटा उडानका लागि शुक्रबार बेलुकी अनुमति जारी गरिएको छ।’
उनका अनुसार अब यो रुटमा दैनिक एउटा उडान हुने छ । बाढीपहिरोका कारण सिन्धुली खुर्कोट सडक अवरोध भएपछि प्राधिकरणले यो रुटमा साना जहाजलाई व्यवसायिक उडान खुला गरेको उनले बताए ।
यो रुटमा काठमाडौंबाट रामेछाप उडानको एकतर्फी हवाई भाडा ४ हजार र रामेछापबाट काठमाडौं उडानको ३ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
यो नेपाली यात्रुहरुका लागि हो । सार्क मुलुक र अन्य विदेशी पर्यटकले नेपालीको दाँजोमा महँगो टिकट खरिद गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकमा डेपुटी गभर्नर थप्नु हुँदैन : एमाले सांसद कँडेल
-
अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा ५ जनाको मृत्यु, १४ बेपत्ता
-
माधवसँगको छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय गर्ने
-
बैंकको सीईओलाई भविष्यसमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण