एक सातादेखि अवरुद्ध बुद्धसिंह मार्गमा पहिरा पन्छाइँदै
तनहुँ । एक सातादेखि पहिराले अवरुद्ध भएको तनहुँको बुद्धसिंह मार्गमा पहिरा पन्छाउन सुरु गरिएको छ । पृथ्वीराजमार्गको वैकल्पिक खण्डका रुपमा रहेको बुद्धसिंह मार्गमा गत बिहीबारको वर्षासँगै पहिरा आउँदा विभिन्न ठाउँ अवरुद्ध भएको थियो अवरुद्ध सडक सञ्चालन गर्न पहिरा पन्छाउने काम सुरु गरिएको हो ।
हालसम्म व्यास नगरपालिका–१४ मास्दीघाटबाट बन्दीपुर गाउँपालिका–६ खहरेसम्मको पहिरा पन्छाइएको स्थानीय अगुवा सिद्धान्त थापा मगरले जानकारी दिए । बन्दीपुरस्थित नाल्दीघाटमा ठूलो पहिरा गएको र सानो जेसिभी भएकाले पहिरा पन्छाउन समस्या भएको उनले बताए ।
'नाल्दीघाटबाट साराङघाटसम्म सडक खुलाउन बाँकी छ । ठूलो क्षमताको जेसिभी ल्याएर बाँकी खण्ड खुलाउने प्रयास गरिरहेका छौँ,' मगरले भने, 'यो विपद्को घडीमा स्थानीय सरकार र पूर्वाधार कार्यालयले संवेदनशील भई सहकार्य र समन्वय गर्नुपर्छ ।'
दसैँका बेला सडक अवरुद्ध हुँदा यहाँका जनताले सास्ती खेपेका छन् । 'ठाउँठाउँमा गएको पहिराले हिँड्डुल गर्न समस्या भएको छ । कोही बिरामी भयो भने स्वास्थ्य संस्थासम्म लैजान सक्ने अवस्था छैन । दसैँका लागि किनमेल गर्न जाने सर्वसाधारणलाई सास्ती भएको छ,' उनले भने ।
गण्डकी प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गर्छन् ।
गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकका रुपमा उक्त सडकलाई लिने गरिएको छ ।
उक्त मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । सो पुलको निर्माण सम्पन्न पश्चात् बाटो अझ छोटिन्छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण