पहिरो
दाउन्नेमा राति खुलेको राजमार्गमा फेरि पहिरो, नयाँ ट्र्याक खन्न थालियो
शनिबार, १९ असोज २०८१, ०७ : ५०
काठमाडौँ । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको नवलपरासी पश्चिम खण्ड दाउन्नेमा बिहान ५ः१० बजेदेखि पूर्ण रूपमा अवरुद्ध छ । पहिरोका कारण बन्द भएर खुलेको केही बेरमै फेरि पहिरो जाँदा बिहानदेखि पूर्ण रूपमा यातायात बन्द भएको हो ।
नवलपरासी पश्चिमकी प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठका अनुसार पुरानो ट्र्याकमा पहिरो झर्ने क्रम नरोकिएपछि नयाँ ट्र्याक खोल्ने काम थालिएको छ । यसका लागि अझै केही समय लाग्ने भएकोले राजमार्ग खुल्न अझै केही समय लाग्नेछ ।
'हामी प्रयास गर्दैछौं । प्राविधिक समस्या भएन भने डेढ दुई घण्टामा खुल्छ' उनले भनिन् । पहिरोका कारण काठमाडौँ र पूर्वबाट पश्चिमतिर गएका झन्डै सात सय गाडी दाउन्नेमा रोकिएर बसेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण