पर्यटनमन्त्री र आन्दोलनरत क्याबिन क्रु बिचको वार्ता सकारात्मक
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् । विमान परिचालकहरूको आन्दोलन पछि दुबई र हङकङका दुई वटा उडान रद्द भएका थिए ।
४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारक र परिचारिका) हडतालमा उत्रिएपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरूलाई मन्त्रालयमा बोलाएर छलफल गरेका छन् ।
छलफलका कममा मन्त्री पाण्डेले भने, ‘निगमका कार्यरत परिचालिका र परिचालकको विषयमा सर्वोच्च अदालतले समेत दुई पटक छुट्टाछुट्टै आदेश दिएको छ। उक्त विषय अदालतले अन्तिम टुङ्गो लगाएको छैन। यसबिचमा विनियमावली परिवर्तन गर्न मिल्छ कि मिल्दैन, यसबारे कानुनविद् र महान्यायाधिवक्तालाई बुझ्छौ। चाडबाड र सङ्कटको अवस्थामा कुनै पनि हालतमा सेवालाई नरोकिदिनुहोस् ।’
मन्त्री पाण्डेसँग उक्त कुरामा विमान परिचालिका एवम् परिचालकहरूले भने आजै पुनः छलफल गरेर काममा फर्किने गरी टुङ्गोमा पुग्ने विश्वास दिलाएका छन् । निगममा कार्यरत परिचारिका र परिचारकहरूको संस्था नेपाल वायुसेवा क्याबिन क्रु सङ्घले ४५ वर्षपछि अनिवार्य अवकाशमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
उक्त मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रु को करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण