नेपाल चेम्बर र भियतनामबिच व्यापार र लगानी प्रवर्द्धनबारे समझदारी
काठमाडौँ । नेपाल र भियतनामबिच व्यापार र लगानी प्रवर्द्धन सम्बन्धमा सहकार्यको समझदारी भएको छ । नेपाल चेम्बर अफ कमर्स र भियतनाम नेपाल फ्रेण्डसिप एशोसिएसनबिच दुई पक्षीय लगानी अभिवृद्धि एवं व्यापार सहजीकरण गर्नेबारे समझदारी भएको हो ।
कृषि, पर्यटन र व्यापार जस्ता प्रमुख क्षेत्रहरूमा सहकार्य बढाउने विषयमा भियतनामका अधिकारीहरुसँग छलफल भएको नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा भियतनामी पर्यटक भित्र्याउन आग्रह गरे ।
भियतनामका बहुसङ्ख्यक बुद्ध धर्मावलम्बीलाई नेपालको भ्रमण गराएर पर्यटन प्रवर्द्धन गर्नुपर्ने भन्दै अध्यक्ष अग्रवालले यसका लागि सहजीकरण गर्न चेम्बर तयार रहेको बताए ।
कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रमा लगानीका लागि समेत उनले भियतनामका प्रतिनिधिसमक्ष आग्रह गरे । अध्यक्ष अग्रवालले भने, ‘नेपाल लगानीको दृष्टिकोणले उत्कृष्ट गन्तव्य हो, लगानीको प्रतिफल सुनिश्चित गर्न चेम्बर अफ कमर्स प्रतिबद्ध छ ।
नेपालको कृषि विकासमा सहयोग एवं खाद्य सुरक्षा अभिवृद्धि र आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने उद्देश्यले भियतनामसँग सहकार्य गर्न चाहेको अध्यक्ष अग्रवालको भनाई छ ।
चेम्बर पदाधिकारीसँगको भेटवार्तामा भियतनाम नेपाल फ्रेण्डसिप एशोसिएसनका अध्यक्ष ट्रान अन्ह तुवानले नेपालको प्राकृतिक सुन्दरताले आफूलाई निकै लोभ्याएको बताए । नेपालसँग सहकार्य गर्न आफूहरू तयार रहेको र लगानीका क्षेत्रहरू खोज्नुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकमा डेपुटी गभर्नर थप्नु हुँदैन : एमाले सांसद कँडेल
-
अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा ५ जनाको मृत्यु, १४ बेपत्ता
-
माधवसँगको छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय गर्ने
-
बैंकको सीईओलाई भविष्यसमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण