ट्रेलरमा यस्तो देखियो ‘छक्कापञ्जा ५’
शनिबार, १९ असोज २०८१, २० : ०३
काठमाडौँ । दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्कापञ्जा ५’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मको केही महत्वपूर्ण दृश्यले प्रथामिकता पाएको छ । ट्रेलर हेर्दा इमान्दार सरकारी कर्मचारीले विवाहका लागि गर्न संघर्ष फिल्मको कथा रहेको अनुमान गर्न सकिन्छ । ट्रेलर निकै आकर्षक बनेको छ । जसले दर्शकलाई फिल्म प्रति कौतूहलता पैदा गर्छ ।
फिल्मको यसअघि सार्वजनिक दुई गीत चर्चामा छ । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटी, मेक्सम गौडेल, राजाराम पौडेल, रमेश बुढाथोकी लगायतको अभिनय छ ।
‘छक्कापञ्जा ५’ दसैँको फूलपाती अर्थात असोज २४ गतेदेखि प्रदर्शन हुँदैछ । यो वर्षको प्रतिक्षित सुचिमा रहेको यो फिल्म दर्शकले रुचाउने निर्माण पक्षको अपेक्षा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण