लुम्बिनी लायन्स क्लबको कन्सल्ट्यान्ट कोचमा शक्ति गौचन नियुक्त
काठमाडौँ । लुम्बिनी लायन्स क्लबले क्रिकेटर शक्ती गौचनलाई कन्सल्ट्यान्ट कोचको रुपमा नियुक्त गरेको छ । शनिबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा लुम्बिनी लायन्सले गौचनलाई नियुक्त गरेको जानकारी गराएको हो ।
यसबारे बोल्दै गौचनले भने, “लुम्बिनी लायन्स क्लबमा कन्सल्ट्यान्ट कोचको रुपमा आबद्ध हुन पाउँदा म निकै उत्साहित छु । यो क्लबले धेरै सम्भावना बोकेको छ । खेलाडीहरुसँग मिलेर राम्रोसँग प्रशिक्षाण गरेर हाम्रो उद्धेश्यको निम्ती काम गर्ने चाहना छ । लुम्बिनी लायन्सले नेपाली क्रिकेटको गौरव र लगावलाई प्रतिनिधित्व गर्दछ । र यस यात्राको एक हिस्सा हुन पाउँदा म निकै खुशी छु ।”
त्यसैगरी क्लबका चेयरम्यान इश्वर जिसिले गौचनलाई कन्सल्ट्यान्ट कोचको रुपमा नियुक्त गर्न पाउँदा उत्साहित बनेको बताए । उनले भने, ‘वहाँँ धेरै युवा खेलाडीहरुको लागि प्रेरणाको श्रोत हुनुहुन्छ । फिल्ड भित्र र बाहिर उहाँँले जुन हिसाबले क्रिकेटलाई बुझ्नुभएको छ । त्यो ज्ञानले पक्कै पनि हाम्रो टिमलाई नयाँँ उचाइमा पुर्याउनेछ ।”
कार्यक्रममा क्यानका सचिव पारस खड्काले गौचनको अनुभव र लगनशीलताले धेरै युवा खेलाडीहरुलाई प्रोत्साहन र हौसला मिल्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण