घटे कपिल शर्माको शोका दर्शक, दुई एपिसोडको भ्यूज १८ लाख मात्रै
नयाँ दिल्ली । ‘द ग्रेट इन्डियन कपिल शर्मा शो’को दोस्रो सिजन आएको छ । पहिलो एपिसोडमा निर्देशक करण जोहरसँग आलिया भट्ट आएकी थिइन् ।
शोक दोस्रो एपिसोडमा जुनियर एनटीआर, जान्हवी कपूर र सैफ अली खान आफ्नो फिल्म देवराकाको प्रचार गर्न आएका थिए । दोस्रो सिजनको तुलनामा यस शोक पहिलो सिजनले कम भ्युज पाएको छ ।
घट्यो शोक दर्शक
द ग्रेट इन्डियन कपिल शर्मा शोक दर्शकमा ठूलो कमी देखिएको छ । यो शो गत सिजनमा शीर्ष १० हिन्दी शोहरूको सूचीमा समावेश भएको थियो । शीर्ष १० मा शो छैटौं स्थानमा थियो । नेटफ्लिक्समा दर्शक संख्यालाई हेर्ने हो भने शोका दुई एपिसोडमा १८ लाख मात्रै भ्युज आएको छ । एपिसोडैपिच्छे भ्युज घटिरहेको छ । गत हप्ता द ग्रेट इन्डियन कपिल शर्मा शोक एक एपिसोडलाई १२ लाख पटक हेरिएको थियो । दुई एपिसोडहरू मिलाउँदा भ्युज संख्या १८ लाख पुगेको छ ।
लेखक अमित आर्यनले यस शोक सफलताका लागि कपिल शर्माले आफ्ना सबै सह–कलाकारलाई धन्यवाद दिनुपर्ने बताए । ‘द कपिल शर्मा शो इतिहासको सबैभन्दा भल्गर कमेडी शो हो । हेर्दा यो सामान्य कुराकानी जस्तो देखिन्छ, तर मलाई भन्ने अधिकार छ । मसँग कपिल शर्मा, किकु शारदा र कृष्णा अभिषेकभन्दा धेरै अनुभव छ । यो कार्यक्रममा महिलाको इज्जत हुँदैन ।’ उनले भने । कृष्णा अभिषेकको चरित्रले सधै तल्लो तहको कुरा गर्ने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण