नेपाल प्रिमियर लिग क्रिकेट : जनकपुर बोल्ट्सले किन्यो ललित राजवंशीलाई
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा ललित राजवंशीले जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।
एनपीएलका लागि आइतबार काठमाडौँमा आयोजित खेलाडी अक्सन (खरिद–बिक्री) प्रक्रियामा ललित राजवंशीलाई जनकपुर बोल्ट्सले १५ लाख रुपैयाँमा खरिद गरेको हो ।
क्याटेगोरी ‘ए’ मा रहेका उनलाई किन्न सबै क्लबले चासो देखाएका थिए । तर, अधिकतम मुल्य १५ लाख पुगेपछि गोलाप्रथा गरिएके थियो । गोलाप्रथाबाट जनकपुर बोल्ट्सले उनलाई आफ्नो बनायो । उनको न्युनतम मुल्य १० लाख रुपैयाँ राखिएको थियो ।
एक सय ४२ जना खेलाडी अक्सनमा सहभागी छन् । एनपीएल क्रिकेट आगामी मंसिर १६ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ । एनपीएलमा आठ टोली सहभागी छन् ।
सहभागी टोली विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट, कर्णाली याक्स, काठमाडौँ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण