नेपाल प्रिमियर लिग क्रिकेट : काठमाडौँ गुर्खाजले १५ लाखमा किन्यो साहब आलमलाई
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा साहब आलमले काठमाडौँ गुर्खाजबाट खेल्ने भएका छन् ।
एनपीएलका लागि आइतबार काठमाडौँमा आयोजित खेलाडी अक्सन (खरिद–बिक्री) प्रक्रियामा साहब आलमलाई काठमाडौँ गुर्खाजले १५ लाख रुपैयाँमा खरिद गरेको हो । उनका लागि काठमाडौँ गुर्खाजसँगै पोखरा एभेन्जर्सले पनि १५ लाख रुपैयाँको बोली लगाएको थियो ।
त्यसपछि गोलाप्रथामा काठमाडौँ गुर्खाजले बाजी मा¥यो । उनी क्याटेगोरी ‘ए’ मा रहेका थिए । उनको न्युनतम मुल्य १० लाख रुपैयाँ तोकिएको थियो ।
यसैगरी, राजेश पुलामी मगरले विराटनगर किङ्सबाट आगामी एनपीएल खेल्ने भएका छन् । उनलाई अक्सनमा विराटनगर किङ्सले पाँच लाख रुपैयाँमा खरिद गरेको हो । किरणकुमार ठगुन्नालाई भने १० लाख रुपैयाँमा पोखरा एभेन्जर्सले खरिद गरेको छ । दीपक डुम्रेलाई तीन लाख रुपैयाँमा कर्णाली याक्सले किनेको छ ।
अक्सनमा एक सय ४२ जना खेलाडी सहभागी छन् । एनपीएल क्रिकेट आगामी मंसिर १६ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ । एनपीएलमा आठ टोली सहभागी छन् ।
सहभागी टोली विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौँ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण