पदभार ग्रहणपछि नवनियुक्त प्रधानन्यायाधीशले सुनाए पाँच बुँदे योजना

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिह राउतले पदभार ग्रहण गरेका छन् । आइतबार प्रधान्यायाधीश कार्यालय सर्वोच्च अदालत पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानन्यायाधीश जस्तो हैसियतमा पुग्नु आफ्ना लागि ऐतिहासिक दिन बनेको बताए । नेपालको न्यायालय अहिले लयमा फर्किएको भन्दै उनले त्यसलाई समृद्ध बनाउनका लागि आफुहरु लागिपरिरहेको बताए ।
उनले भने,‘मेरो लागि आज ऐतिहासिक दिन हो । किनभने देशको प्रधानन्यायाधीशको हैसियतमा छु । नेपालको न्यायालय अहिले लयमा फर्किएको छ । सुखद् र गौरवको विषय हो । यसलाई समृद्ध बनाउनु पर्छ । त्यसको लागि हामी लागि परेका छौं ।’
उनले आफ्ना पाँचवटा बुँदाहरु लक्ष्यको रुपमा सुनाउँदै त्यसलाई जसरी पनि पूरा गर्ने प्रतिवद्धता जनाए ।
उनले भने,‘पाँच वटा बुँदाहरु लक्ष्यका रुपमा निर्धारित गरेका छौं । छिटो छरितो गुणस्तरीय न्याय, न्यायमा पहुँच, न्यायीक सुशासन, जनआस्थामा अभिवृद्धि, सूचना प्रविधिको प्रचुर प्रयोग र मानव संसाधन र भौतिक पूर्वाधार पूर्वाधार लक्ष्य हुन् र पवित्र पनि छन् ।’
उनले आफूले पहिले पनि राज्यको चौथो अंगको रुपमा काम गरेको भन्दै अब पनि त्यही अनुरुप काम गर्ने बताए । उनले आइतबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह
-
पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने निष्कर्ष
-
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु
-
लुम्बिनी प्रदेश सरकारको खर्च ११ महिनामा ५८ प्रतिशत, कुन मन्त्रालयको अवस्था कस्तो ?
-
भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान