छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
आइतबार, २० असोज २०८१, १७ : २०
काठमाडौँ । चितवन, गोरखा र मोरङ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
- चितवन, भरतपुर महानगरपालिका-२९ जुगेडी बजारमा ना.४२ प ४८९० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-१७ बस्ने ६२ वर्षीय धनिराम महतोको मृत्यु भएको छ । मोटरसाइकलले शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
- गोरखा, गोरखा नगरपालिका-१० हुल्चेस्थित सडकमा हाल नम्बर नखुलेको क्रेन करिब २० मिटर तल खोल्सामा खसेर आइतबार दिउँसो दुर्घटना हुँदा सोही क्रेनले च्यापिएर बारा जितपुर सिमरा उपमहानगरपालिका-१९ बस्ने १९ वर्षीय प्रिन्स अन्सारीको मृत्यु भएको छ । क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- मोरङ, बुढिगंगा गाउँपालिका-४ गोकुवाचोकस्थित सडकमा प्र.१-०२-०५४ प ९२०२ नम्बरको मोटरसाइकललाई प्र.१-०२-००१ क ३७१३ नम्बरको ट्रकले आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सङ्खुवासभा घर भएका २७ वर्षीय चन्द्र बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण