सिटिजन लाइफद्वारा ‘सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ’को नवौँ संस्करण सम्पन्न
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आयोजित हुँदै आएको ‘सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ’ को नवौँ संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । उक्त सीप र ज्ञान विकासमूलक कार्यक्रम २०८१ साल भाद्र महिनामा तीन दिनसम्म काठमाडौँको बौद्ध स्थित सिद्धार्थ बुटिक होटेलमा सञ्चालन गरिएको थियो ।
उक्त कार्यक्रमको मुख्य उद्देश्य विभिन्न शाखा कार्यालयका शाखा प्रमुखहरूको बिक्री विकास र व्यवसाय सञ्चालनको सन्दर्भमा सीप अभिवृद्धि गर्नु थियो । यस क्षमता वृद्धि कार्यक्रम जोखिमाङ्कन, दाबी, बीमालेख तथा बीमाङ्कीय, ग्राहक सेवा, कानुन तथा सम्पत्ति शुद्धीकरण, सूचना प्रविधि, ब्रान्ड लगायत अन्य दैनिक व्यापार सञ्चालनका लागि महत्त्वपूर्ण विषयहरूको बारेमा मुख्य गरी नयाँ शाखा प्रमुखहरूलाई अवगत गराउनका लागि सञ्चालन गरिँदै आएको छ ।
उक्त कार्यक्रममा उपस्थित शाखा प्रमुखहरूलाई आवश्यक कक्षा र जानकारी प्रदान गर्न प्रधान कार्यालयबाट विभिन्न विभाग प्रतिनिधिहरूको उपस्थित रहेको थियो । कार्यक्रममा ३ दिन सम्म कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलका साथै कम्पनीको व्यवस्थापन टिमले ३० जना शाखा प्रमुखहरूलाई आफ्नो विशेषज्ञता प्रदान गरेका थिए । कम्पनीको सम्पूर्ण व्यवस्थापन टिमले अझै मेहनत र लगनका साथ काम गर्न उपस्थित सम्पूर्ण शाखा प्रमुखहरूलाई प्रेरित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण