रतन टाटा बिरामी परेको खबर झुटो
सोमबार, २१ असोज २०८१, १६ : ०७

नयाँ दिल्ली । भारतीय बहुराष्ट्रिय व्यापारिक घराना टाटा समूहका मानार्थ अध्यक्ष रतन टाटा अचानक बिरामी परेर आईसीयू भर्ना भएको खबर झुटो भएको छ । टाटा आफैँले आफू बिरामी परेको खबरको खण्डन गरेका छन् ।
‘म आफ्नो स्वास्थ्यबारे हालै फैलिएको अफवाहबारे म अवगत छु । यी दाबी निराधार भएको म आश्वस्त पार्न चाहन्छु । म अहिले आफ्नो उमेर र स्वास्थ्यसम्बन्धी जरुरी स्वास्थ्य जाँच गराइरहेको छु । चिन्ताको कुनै कुरा छैन,’ जनता र सञ्चार माध्यमलाई गलत सूचना फैलाउनबाट बच्न अनुरोध गर्दै टाटाले भनेका छन् ।
यसअघि टाटा सन्सका मानार्थ अध्यक्ष रतन टाटा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएको खबर आएको थियो । ब्लड प्रेसर अचानक ह्वात्तै घटेपछि उनलाई अस्पताल लगेर आईसीयूमा राखिएको समाचारमा भनिएको थियो । तर रतन टाटा आफैँले यी अफवाह निराधार भएको भनेका छन् ।