असोज २४ गते नेपाल वायुसेवा निगमले उद्धार उडान गर्ने
काठमाडौँ । नेपाल वायुसेवा निगमले असोज २४ काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने भएको छ । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिर जाने र आउने राजमार्गहरू क्षतिग्रस्त भएपछि यात्रुलाई सहज होस् भन्ने उद्देश्यले उद्धार उडान गर्न लागिएको निगम जनाएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै निगमले नेपालीहरूको महान् पर्व बडादसैँमा आ–आफ्नो जिल्लास्थित घर आउन र जान यात्रुहरूलाई सहज होस् भनी A320 जहाजबाट उद्धार उडान गर्न लागिएको जानकारी दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको विशेष पहलमा उद्धार उडान गर्न लागिएको समेत निगमले जनाएको छ । निगमले सो दिनको उडान तालिका समेत सार्वजनिक गरेको छ । काठमाडौँबाट भैरहवा बिहान ११ बजे र भैरहवाबाट काठमाडौँ १२ः ३० मा उडान हुने समेत विज्ञप्तिमा जनाइएको छ । काठमाडौँबाट भैरहवाका लागि एकतर्फी भाडा दर ७ हजार रुपैयाँ र भैरहवाबाट काठमाडौँबाट ३८९० लाग्ने समेत निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण