बाढी पहिरोले देशभरका १५० विद्यालयमा क्षति (विवरणसहित)
काठमाडौँ । असोज ११ गतेदेखि परेको भारी वर्षाका कारण देशभरका १५० विद्यालयमा क्षति पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्कलन गरेको क्षतिको विवरण अनुसार हालसम्म १५० विद्यालयमा क्षति पुगेको हो । ती मध्ये कतिपय पूर्ण रूपमा भत्किएका छन् । भने केहीमा आंशिक क्षति पुगेको शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए ।
मन्त्रालयमा प्राप्त तथ्याङ्क अनुसार हालसम्म २९ जिल्लाका विद्यालयमा क्षति पुगेको हो । बाढी पहिरोका कारण विद्यालयमा क्षति पुगेपछि त्यसबाट अढाई लाख विद्यार्थी प्रभावित भएको प्रवक्ता भट्टराईले बताए ।
जिल्लाबाट सङ्कलन गरिएको विवरण अनुसार बाढी र पहिरोले विद्यालयका २४ वटा भवन पूर्ण रूपमा क्षति भएका छन् । भने २० जना विद्यार्थीको मृत्यु भएको छ ।
क्षतिग्रस्त विद्यालयको पुनर्स्थापनाका लागि शिक्षा मन्त्रालयले प्रत्येक प्रदेशमा २/२ करोडका दरले अनुदान पठाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयले बजेट पठाएको हो । उक्त रकमबाट विद्यालयहरूको भौतिक निर्माणको कार्य थालिने प्रवक्ता भट्टराईले बताए ।
त्यसका साथै ७५३ वटै पालिकामा ४ देखि १० लाखसम्म समेत बजेटको व्यवस्था गरेको छ । उक्त रकम समेत कम भएको खण्डमा विद्यालयको पुनर्निर्माणका लागि थप बजेटको व्यवस्था गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण