स्वर्णिम वाग्लेको अल्पज्ञान : व्याकुल माइला राष्ट्रकवि, राष्ट्रिय गानको संगीतकार गोपाल योञ्जन !
काठमाडौँ । देशकै उत्कृष्ट अर्थशास्त्रीको नाम लिँदा आउने नाम हो- स्वर्णिम वाग्ले । बुढानीलकण्ठ स्कुलको विद्यालय जीवन, लन्डन स्कुल अफ इकोनोमिक्सको स्नातक, हार्डवर्ड युनिभर्सिटीको स्नातकोत्तर र अस्ट्रेलियन नेशनल युनिभर्सिटीको पीएचडी मात्रै होइन विश्व बैंकलगाायत अन्तर्राष्ट्रिय संस्थामा काम गरेको अनुभव छ । राष्ट्रिय योजना आयोगको सदस्य भएर काम गरिसकेका उनी तनहुँबाट प्रत्यक्ष रूपमा निर्वाचित सांसद समेत हुन् । हेर्दा लाग्छ, उनलाई नआउने केही पनि छैन ।
तर, नेपालको राष्ट्रिय गान र आम मान्छेलाई पनि थाहा हुने विषयमा उनी कति कमजोर रहेछन् भन्ने चाहिँ उनैले पोस्ट गरेको एउटा भिडियो फुटेजमा देखिएको छ । रास्वपाकी सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठसँग गरेको संवादमा उनले नेपालको राष्ट्रिय गान लेख्ने कवि व्याकुल माइलालाई राष्ट्रकवि भनेका छन्, जबकि राष्ट्रकविको पदवी माधवप्रसाद घिमिरेलाई दिइएको छ भने व्याकुल माइलाले कुनै त्यस्तो पदवी पाएका छैनन् ।
त्यस्तै, राष्ट्रिय गानमा संगीत भर्ने व्यक्तिको नाम गोपाल योञ्जन भनेका छन् । जबकि नेपालको अहिलेको राष्ट्रिय गानको संगीतकार भने अम्बर गुरुङ हुन् ।
गोपाल योञ्जनको निधन २०५४ सालताका नै भएको हो । त्यो बेलासम्म ‘श्रीमान् गम्भीर नेपाली.....’ नै प्रचलनमा थियो जसको लेखक चक्रपाणी चालिसे र संगीतकार बखतबहादुर* (*नाम सच्याइएको) बुढापीर्थी थिए ।
उक्त संवादमा संवादमा पूर्वमन्त्री श्रेष्ठले सोधेकी थिइन्, ‘तपाईँले नेशनल एन्थम (राष्ट्रिय गान) कहिले सिक्नुभयो ?’ जवाफमा वाग्ले भन्छन्, ‘हाम्रो व्याकुल हो कि के कविजी ... राष्ट्रकवि.... उहाँ भनेपछि आई वाज भेरि क्युरियस.... एउटा जनजाति पृष्ठभूमिको कविले ..... एकदमै चैँ.... नेपालको राष्ट्रिय गीत गाएर... गोपाल योञ्जनले म्युजिक भर्नुभएको भनेर न्युज पढेपछि गुगल गरेर सोधखोज गरेको याद छ मलाइ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण