मन्त्रिपरिषद्का निर्णय : थप ५७ वटा हिमाल खुला
काठमाडौँ । सरकारले थप ५७ वटा अहिलेसम्म खुला नभएका हिमालहरूलाई आरोहणका लागि खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थप ५७ वटा हिमाल खुला गर्ने निर्णय गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका थप हिमालहरूको आरोहणका लागि अनुमति दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
यस्तै सरकारले २०८१ कार्तिक १९ देखि २३ गतेसम्म इजिप्टको कायरोमा आयोजना हुने वर्ल्ड अरबान फोरम सम्मेलनमा सहभागी हुनका लागि उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई पठाउने निर्णय गरेको छ । त्यसैगरी २०८१ कार्तिक १ देखि ३ गतेसम्म रशियामा आयोजना हुने २२ औँ इन्टरनेशनल स्पोर्ट्स फोरममा सहभागी हुन युवा तथा खेलकुदमन्त्री तजुलाल चौधरीलाई पठाउने प्रस्ताव पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।
यस्तै सरकारले आर्थिक सुधार सुझाव आयोग गठन गरेको छ । पूर्वअर्थसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा ५ सदस्यीय सो आयोग गठन गरेको हो । प्रवक्ता गुरुङले मुलुकको समग्र अर्थतन्त्रको सुधारका लागि राय दिने कार्यादेशसहित सो आयोग गठन गर्ने निर्णय सरकारले गरेको बताए ।
मन्त्रिपरिषद् बैठकले सेयर तथा ऋण लगानी नीति २०८१ समेत स्वीकृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण