फोर्स गाडी कर्णाली राजमार्गमा दुर्घटना, १३ जना घाइते
बुधबार, २३ असोज २०८१, ०६ : ०८
सुर्खेत। २६ जना यात्रु सवार रहेको एउटा फोर्स गाडी कर्णाली राजमार्गमा दुर्घटनामा परेको छ । कैलालीबाट अछामतर्फ जाँदै गरेको सु.प्र ०१००१ख३०४६ नम्बरको फोर्स गाडी मंगलबार बेलुका दैलेखकाे गुराँस गाउँपालिका-२, तल्लाे डुङ्गेश्वरमा दुर्घटना भएको हो ।
दैलेख प्रहरीका अनुसार गाडी अचानक भित्तामा ठोकिएको र गाडीमा सवार १३ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारमा लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए ।
घाइतेमध्ये दैलेख आठबिस नगरपालिका-४, का २५ वर्षीय रिदम शाही, अछामको ढकारी गाउँपालिका-१२, बस्ने ५० वर्षीया पार्वती शाही र साेही नगरपालिका-८, की ४ वर्षीया नेहा खड्काको अवस्था गम्भीर रहेको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण