अमेरिकी निर्वाचनको दिन आक्रमणको योजना बनाएको आरोपमा अफगान नागरिक पक्राउ
वासिङ्टन । अमेरिकी न्याय विभागले चुनावको दिन इस्लामिक स्टेट समूहको नाममा हमला गर्ने योजना बनाएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । अभियोजकहरूका अनुसार सन्दिग्ध २७ वर्षीय नासिर अहमद तावेदी ओक्लाहोमा सिटीमा बसोबास गर्ने अफगानिस्तानका नागरिक हुन् ।
एफबीआईका निर्देशक क्रिस्टोफर रेले मंगलबार एक विज्ञप्तिमा भने, ‘आईएसआईएसबाट उत्प्रेरित प्रतिवादीले चुनावको दिन यहाँ हाम्रो मातृभूमिमा हिंसात्मक हमला गर्ने षड्यन्त्र गरेका थिए।’ एफबीआईका अनुसार तावेदीले हतियार भण्डारण गर्ने प्रयास गरिरहेका थिए र आफ्नो परिवारको सम्पत्ति बिक्री गर्न र सदस्यहरूलाई विदेशमा स्थानान्तरण गर्न कदम चालेको थिए ।
तावेदीलाई विदेशी आतंकवादी संगठनलाई सहयोग वा स्रोत उपलब्ध गराउने प्रयास र षड्यन्त्र गरेको आरोप लगाइएको छ। साथै कुनै अपराध वा आतंकवादको कार्य गर्न प्रयोग गर्न बन्दुक र गोला बारुद किन्न प्रयास गरेको आरोप पनि उनीमाथि लगाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण