आफ्नै गीतमा राजेश पायललाई कपिराइट !
बुधबार, २३ असोज २०८१, ०८ : २२
काठमाडौँ । चर्चित गायक राजेश पायल राईलाई आफ्नै गीत सङ्गृहीत गर्न खोज्दा कपिराइट लागेको छ । गायक राईले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।
आफ्नै अधिकार रहेको गीतमा समेत कपिराइट लागेपछि उनले आफ्नो गीत अनलाइनमा राख्ने सबैलाई हटाउन आग्रह गरेका छन् । नहटाए कानुनी उपचारमा जाने उनले चेतावनीसमेत दिएका छन् ।
उनले लेखेका छन्, ‘सर्वप्रथम ! सेवा,दर्शन नमस्ते अनि दसैको शुभकामना पनि !! यो एक सूचना हो मेरो Rights मा रहेको अधिकांश गीतहरू हालै मैले खोलेको Audio platform मार्फत सङ्गृहीत गर्न खोज्दा उल्टै मलाई कपिराइट लागेको हुनाले यो सूचित गरिन्छ की तपाईंले राख्नुभएको मेरो गीतहरू तुरुन्त Delete गर्नुहोला अन्यथा म कानुनको उपचारमा लाग्नेछु ! र यति सेयर गरेर सहयोग गरिदिनु होला ।
उही तपाईँहरूकै राजेशपायल राई !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण