१८ लाख भारतीय तथा नेपाली रुपैयाँसहित एक जना पक्राउ
बुधबार, २३ असोज २०८१, १६ : १९
कञ्चनपुर । भिमदत्त नगरपालिका–१ ब्रह्मदेवस्थित सीमा इलाकाबाट मंगलबार साँझ १२ लाख ७४ हजार २ सय ३० भारतीय रुपैयाँ र ५ लाख १३ हजार ७० नेपाली रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालबाट भारततर्फ युके ०३ बी ०९६५ भारतीय नम्बरको स्कुटरमा जाँदै गरेका भारतको जिल्ला चम्पावत टनकपुर ग्राम पञ्चायत टनकपुर बस्ने ४३ वर्षीय अभिषेक गुप्तालाई उल्लेखित रुपैयाँ र स्कुटरसहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ब्रह्मदेवले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठका अनुसार उनलाई बरामद रुपैयाँ र स्कुटरसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमै
-
फ्रान्सविरुद्ध स्पेन: सेमिफाइनलमा को चम्कियो ?
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण