राजनीति
एमालेले कीर्तिपुरको मैत्रीनगरमा पार्टी कार्यालय भवन बनाउने
बिहीबार, २४ असोज २०८१, १५ : २०

काठमाडौँ । नेकपा एमालेले कीर्तिपुर नगरपालिका वडा नम्बर २ मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ ।
बिहीबार बसेको एमाले सचिवालय बैठकले मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माणका लागि शुक्रबार शिलान्यास गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
२०७२ सालको भूकम्पले बल्खुको एमाले पार्टी कार्यालय भत्किएपछि पार्टी कार्यालय धुम्बाराही, माइतीघर हुँदै च्यासलबाट कार्यालय सञ्चालन हुँदै आएको छ ।
‘शुक्रबार १२ बजेर २५ मिनेटमा पार्टी कार्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको छ’, गौतमको भनाइ छ । एमाले नेताहरूका अनुसार ११ रोपनीभन्दा बढी क्षेत्रफलमा पार्टी कार्यालयको भवन निर्माण गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीड फाइनान्सियल एकेडेमीद्वारा ग्र्याजुएसन समारोह सम्पन्न
-
युक्रेनकाे खेरसनमा ड्रोन आक्रमण, कम्तीमा सात जनाको मृत्यु
-
नामी र सेरेसले सुरु गरे अफर
-
पहलगाम आक्रमणमा ज्यान गुमाएका लेफ्टिनेन्टकी पत्नी भन्छिन्, ‘मुस्लिमहरू विरुद्ध नजानुहोस्’
-
राजसंस्थालाई चिहानबाट फर्काउन असम्भव : एमाले सचिव विष्ट
-
प्रधानमन्त्री ओली र भाजपा नेता चौथाइवालेबिच भेटवार्ता