समकालीन विश्व टेनिसका महान् खेलाडी नाडालको सन्न्यास
काठमाडौँ । समकालीन विश्व टेनिसका महान् खेलाडी राफेल नाडालले सक्रिय खेल जीवनबाट सन्न्यास लिएका छन् । उनले जारी सिजनको समाप्तिसँगै सक्रिय खेल जीवनबाट सन्न्यास लिने घोषणा बिहीबार गरेका हुन् ।
३८ वर्षीय स्पेनिस स्टार नाडालले आफ्नो सक्रिय खेल जीवनको अन्तिम खेल राष्ट्रिय टोलीबाट आगामी नोभेम्बरमा मालागामा खेल्नेछन् । स्पेनिस टोलीको सदस्य भएर उनी अन्तिम पटक डेभिस कपमा देखा पर्नेछन् ।
उनले बिहीबार सामाजिक सञ्जालमार्फत आफूले सक्रिय खेल जीवनबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । उनले २२ पटक विश्व टेनिसको प्रतिष्ठित ग्रान्डस्लाम प्रतियोगिता जितिसकेका छन् । उनी ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपनको उपाधि १४ पटक जित्ने एक मात्र खेलाडी पनि हुन् ।
उनले सन् २००५ मा पहिलो पटक र सन् २०२२ मा अन्तिम पटक फ्रेन्च ओपनको उपाधि चुमेका थिए । यसका अतिरिक्त उनले अन्य तीनवटा ग्रान्डस्लामको उपाधि पनि जितेका छन् । उनले दुई पटक अस्ट्रेलियन ओपन, दुई पटक विम्बल्डन र चार पटक यूएस ओपनको उपाधि चुमेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण