पाकिस्तानी क्रिकेट ‘लिजेन्ड’ वसिम अकरम जब पोर्न स्टार मिया खलिफासँग देखिए

काठमाडौँ । वसिम अकरम पाकिस्तानका चर्चित क्रिकेटर हुन् । उनी क्रिकेटका कारण मात्र होइन अन्य कारणले पनि बेला–बखत चर्चामा आइरहन्छन् । उनी आफ्नो रमाइलो स्वभावका कारण पनि चर्चित व्यक्तित्व हुन् ।
यसैबिच, ५८ वर्षीय क्रिकेटर वसिम अकरम एकपटक फेरि चर्चामा छन् । खासमा यतिबेला उनी एउटा विज्ञापनका कारण चर्चामा आएका हुन् । पाकिस्तानमा बेटिङ (बाजी लगाउने) कम्पनीहरूलाई विज्ञापन गर्न प्रतिबन्ध लगाइएको छ ।
तर, वसिम अकरम यही कारणलाई लिएर चर्चामा आएका हुन् । वसिम अकरमले भारतीय बेटिङ कम्पनीका लागि विज्ञापन गरेका छन् । सबैभन्दा रमाइलो कुरा के हो भने, उनी उक्त विज्ञापन कम्पनीको सदभावनादूत पनि हुन् ।
अनि, उनी आफ्नो पछिल्लो विज्ञापनमा वयस्कहरूका लागि निर्मित चलचित्रकी नायिका मिया खलिफासँग देखा परेका छन् । यो विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया पनि आइरहेका छन् ।
यो विज्ञापनमा वसिम अकरम र मिया खलिफाका अतिरिक्त इङ्ल्यान्डका चर्चित क्रिकेटर केभिन पिटर्सन र अर्जेन्टिनाका चर्चित फुटबल स्टार ग्याब्रियल पनि छन् । वसिम अकरम आफैले यो विज्ञापनको विषयमा सामाजिक सञ्जालमा भिडियो शेयर गरेका छन् ।
सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै उनले खेलेका छन्, ‘क्रिकेटसँग जोडिएका असङ्ख्य अविस्मरणीय क्षणहरू मसँग छन् । तर, वास्तविक उपलब्धि त्यो हो, जुन सधैँ आफूसँग रहोस् । मसँग यसमा जोडिन सक्नु हुनेछ ।’
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू
-
विद्यार्थी राजनीतिको मेरुदण्ड : उमेर, वैचारिक दृढता, शैक्षिक संलग्नता कि नेतृत्व कौशलता ?
-
जनजातिहरूको विकासका लागि गम्भीर हुन राष्ट्रिय प्रतिष्ठानलाई मन्त्री गुप्ताको निर्देशन
-
लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारीबारे छलफल, गृहमन्त्रीले दिए यस्तो निर्देशन
-
संसद्को अवरोध खोल्न बसेको तीन दलको बैठकमा जुटेन सहमति