बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एलिनाको स्वरमा ‘म त एक्लै ज्यूँछु बरु’ सार्वजनिक

सोमबार, १९ जेठ २०८२, १८ : ०९
सोमबार, १९ जेठ २०८२

काठमाडौँ । गीतकार नमिता दवाडीको‘म त एक्लै ज्यूँछु बरु’ गीत सार्वजनिक भएको छ । 

गायिका एलिना चौहानको स्वरमा रहेको गीतमा ज्ञानेन्द्र गिरीको सङ्गीत, विशाल निरौलाको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ तथा मास्टरिङ छ ।

प्रेम वियोगमा रहेकी युवतीको प्रेम गाथा बोल्ने ‘म त एक्लै ज्यूँछु बरु’मा एलिना गज्जबसँग खुलेकी छन् ।

भिडियोमा गायिका एलिना चौहानकै अभिनय देख्न सकिन्छ । आयुष क्षेत्री प्रिन्सको निर्देशन,सुविन गोदारको छायाङ्कन रहेको भिडियोको सम्पादन तथा कलर कल्पेश विश्वकर्माको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप