१० खेलाडीमा सीमित इटालीसँग बेल्जियमको बराबरी
शुक्रबार, २५ असोज २०८१, ०७ : ३३
ओलम्पिको । यूईएफए नेसन्स लिगमा इटाली र बेल्जियमले बिहीबार रोमाञ्चक बराबरी खेलेका छन् । १० खेलाडीमा सीमित भएपछि इटाली बेल्जियमसँग २–२ गोलको बराबरी खेल्न बाध्य भएको हो ।
खेल सुरु भएको ५९ सेकेन्डमा आन्द्रेया क्याम्बियासोले इटालीलाई अग्रता दिलाएका थिए । २४ औँ मिनेटमा माटेयो रेटेगुईले टोलीको अग्रता दोब्बर बनाए । तर, ४० औँ मिनेटमा लोरेन्जो पेलेग्रिनीले रातो कार्ड खाँदै मैदान छाड्न परेपछि खेल बदलियो ।
त्यसको केही मिनेटपछि नै म्याक्सिम डे कुयपरले बेल्जियमका लागि बराबरी गोल फर्काए । दोस्रो हाफको ६१ औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डले बेल्जियमका लागि बराबरी गोल फर्काए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण