प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण
शनिबार, २६ असोज २०८१, १२ : ३७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको टीका ग्रहण गरेका छन् । उनले आज बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका हुन् ।
साथै प्रधानमन्त्री ओलीले श्रीमति राधिका शाक्य तथा अन्य परिवाजनलाई पनि टीका लगाइदिनुभएको उनको सचिवाललये जनाएको छ । यसपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
यसपटक बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्का कारण प्रधानमन्त्री ओलीले सर्वसाधणलाई टीका लगाइदिने कार्यक्रम भने नरहेको सचिवालयले जनाएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैँको टीकाको शुभ साइत आज बिहान ११ बजेर ३६ मिनेटमा आरम्भ भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा अधिकृत ओझाको निधनमा लेकम गाउँपालिकामा शोक बिदा
-
जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति
-
माउ पार्टीको ‘बेवास्ता’ले लथालिङ्ग कांग्रेसका भ्रातृ संस्था
-
भन्सार छलीको कपडा र मोटरसाइकलसहित एक जना पक्राउ
-
पशुपतिनाथले चलाएका छन् नेपाली कांग्रेस
-
गाडी भासिएर बेपत्ता भएको स्थानमा भूगर्भ विभागले थाल्यो अध्ययन (तस्बिरहरू)