गाउँपालिका अध्यक्षका बुवा अफिमसहित पक्राउ
वीरगन्ज । पर्सा प्रहरीले कालिकामाइ गाउँपालिका अध्यक्षका बुवालाई लागु औषध अफिमसहित पक्राउ गरेको छ । गाउँपालिका अध्यक्ष वशिष्ठ कुमार गुप्ताका बुवा सुरेश कलवार शनिबार बिहान वीरगन्जबाट लागु औषध अफिमसहित पक्राउ परेका हुन् ।
विशेष सूचना अनुसार उनलाई लागु औषध अफिमसहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । वीरगन्जको आदर्शनगरबाट कलवारलाई करिब ४ ग्राम अफिमसहित पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
अफिमसहित पक्राउ परेका कलवारमाथि प्रहरीले अनुसन्धान गरिरहेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए । उनले भने, ‘हामी कहाँ सूचना आयो, त्यसपछि हाम्रो टोलीले त्यही सूचना बमोजिम उनलाई नियन्त्रणमा लियो । उक्त अफिम कलवारले बोकेका हुन् वा होइनन् त्यो अझै ‘क्लियर’ हुन सकेको छैन । त्यसकारण हामीलाई आएको सूचना र मोटरसाइकलको सिटमुनि राखिएको अफिमबारे धेरै पाटोबाट अनुसन्धान गरिरहेका छौँ ।’
कलवारको घरको कम्पाउन्डमा राखिएको मोटरसाइकलबाट अफिम बरामद भएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका कलवारलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण