करेन्ट लागेर २ बालिकाको मृत्यु
मकवानपुर । मकवानपुरमा करेन्ट लागेर २ बालिकाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१६ मा हिँडिरहेको अवस्थामा करेन्ट लागेर २ बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बारा निजगढ नगरपालिका-१ बस्ने वर्ष ९ की र हेटौडा- १६ बस्ने वर्ष ७ की बालिका रहेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असोज २६ गते दिउँसो १:०० बजेको समयमा हेटौडा- १६ चिसापानीबाट २०० मि. पश्चिम दक्षिण पर्ने कबर्ड हलको छेउमा ती बालिकाहरूलाई करेन्ट लागेको थियो ।
सो स्थानमा रहेको विद्युत्को ११ के.भी. पिन इन्सुलेटर भाँचिएर नजिकै रहेको फलामको पोलमा सर्ट भई पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो ।
बालिकाहरू सोही स्थानमा हिँड्ने क्रममा पानीमा टेक्न पुग्दा करेन्ट लागी बेहोस भएका थिए । करेन्ट लागेर घाइते भएका दुवै बालिकालाई उपचारको लागी हेटौडा अस्पताल पठाइएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण