ससुरालीमा नुहाउने क्रममा नदीले बगाएर एकजनाको मृत्यु
आइतबार, २७ असोज २०८१, १७ : १२

तनहुँ । तनहुँको व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नदीले बगाएको स्थानदेखि एक किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए । दसैँमा ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको थियो । स्थानीयवासी र प्रहरीले खोजतलास गरी उनको शवको उद्धार गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलोत्तमा नगरपालिका ‘सडक’ माग्नेमुक्त घोषणा
-
तीन वायुको प्रभाव: आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
भारतको आक्रमणबाट कश्मीरमा कति भयो मानवीय क्षति ?
-
बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा
-
रातभर सुतेनन् मोदी, पूरै ध्यान पाकिस्तान लक्षित ‘अपरेशन सिन्दूर’मा