किङ र लेविसको ११औँ अर्धसतकसँगै वेस्ट इन्डिजले श्रीलंकालाई उसैको घरमा हरायो
काठमाडौँ । वेस्ट इन्डिजले आइतबार राति सम्पन्न पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली श्रीलंकालाई पाँच विकेटले पराजित गरेको छ । जितसँगै वेस्ट इन्डिजले तीन खेलको शृंखलामा १–० को अग्रता पनि लिएको छ ।
डम्बुलामा खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ओभरमा सात विकेट गुमाएक सय ७९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली वेस्ट इन्डिजले १९.१ ओभरमै केवल पाँच विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।
वेस्ट इन्डिजको जितमा दुबै ओपनर ब्याट्सम्यानले अर्धसतकीय योगदान गरेका थिए । ब्रान्डन किङले टोलीका लागि ६३ रनको योगदान गरे । उनले केवल ३३ बलको सामना गरी एक छक्का र ११ वटा चौका पनि हिर्काए ।
ब्रान्डन किङले टी–२० अन्तर्राष्ट्रियमा बनाएको यो ११औँ अर्धसतक हो । अर्का ओपनर एभिन लेविसले पनि ५० रन बनाए । उनले २८ बलको सामना गरी चार छक्का र पाँच चौका हिर्काए । उनले पनि टी–२० अन्तर्राष्ट्रिमा बनाएको यो ११औँ अर्धसतक नै हो ।
दुबै ओपनरले ओपनिङ विकेटका लागि एक सय सात रनको साझेदारी गरेका थिए । रोस्टन चेजले १९ र कप्तान रोभमन पोवेलले १३ रन बनाए । सेरफन रुथरफोर्डले पनि टोलीको खातामा अविजित १४ रन थपेका थिए ।
श्रीलंकाली टोलीका बलर माथिसा पाथिरानाले दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाली टोलीका लागि दुई ब्याट्सम्यानले अर्धसतक बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन ।
कप्तान चरिथ असालंकाले ५९ रन बनाएका थिए । उनले केवल ३५ बलमा नौ चौका प्रहार गरे । कामिन्दु मेन्डिसले पनि टोलीका लागि ५१ रनको योगदान गरेका थिए । उनले ४० बलमा दुई छक्का र पाँच चौका हिर्काएका थिए ।
विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिसले पनि १९ रन बनाएका थिए । भानुका राजापाक्क्षाले पनि १७ रन बनाएका थिए । भ्रमणकारी टोली वेस्ट इन्डिजका बलर रोमारियो सेफर्डले दुई विकेट लिए । उक्त खेलमा वेस्ट इन्डिजका ब्रान्डन किङ प्लेयर अफ दि म्याच घोषित भए । दोस्रो टी–२० अन्तर्राष्ट्रिय मंगलबार खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण