ट्रम्पको र्याली नजिकै पक्राउ परेका व्यक्तिसँग हतियार र नक्कली राहदानी
सोमबार, २८ असोज २०८१, १२ : १३
क्यालिफोर्निया । क्यालिफोर्नियाको कोचेलामा डोनाल्ड ट्रम्पको र्याली नजिकै शनिबार एक व्यक्तिलाई पक्राउ गरिएको छ। ती व्यक्तिको साथबाट एक थान सटगन, पेस्तोल र नक्कली राहदानी बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ४९ वर्षीय वेम मिलरका रहेका छन् । कालो रंगको एसयूभी चलाउँदै गर्दा सुरक्षाकर्मीले उनलाई सुरक्षा चौकी नजिकै रोकेका थिए ।
रिभरसाइड काउन्टी प्रहरी कार्यालयले मिलरलाई हिरासतमा लिइएको जनाएको छ। मिलरलाई लोडेड बन्दुक र उच्च क्षमताको गोलाबारुद राखेको अभियोग लगाइएको छ।
अमेरिकी गुप्तचर सेवाले डोनाल्ड ट्रम्पको सुरक्षामा कुनै खतरा नरहेको बताएको छ । स्थानीय प्रहरीले पक्राउ परेका अभियुक्तलाई ‘मानसिक सन्तुलन’ ठिक नभएको बताएको छ । प्रहरी कार्यालयका अनुसार यो घटनाले ट्रम्पको सुरक्षा वा र्यालीमा उनको उपस्थितिमा कुनै फरक परेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण