अर्थशास्त्रमा यो वर्षको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई
काठमाडौँ । अर्थशास्त्र तथा आर्थिक विज्ञान विधातर्फ यस वर्षको नोबेल पुरस्कार तीन जना अर्थशास्त्रीले संयुक्त रूपमा पाएका छन् । रोयल स्वीडिस एकेडेमी अफ साइन्सले सोमबार म्यासच्युसेट्स इन्सिच्युट अफ टेक्नोलोजीका डारोन एसेमोग्लु र साइमन जोनसन तथा युनिभर्सिटी अफ सिकागोका जेम्स ए रोबिन्सनलाई संयुक्त रूपमा हस्तान्तरण गर्ने घोषणा गरिएको हो ।
ती अर्थशास्त्रीले देशको समृद्धिमा त्यस देशमा भएका सामाजिक संस्थाहरूको महत्वका बारेमा गरेको योगदानस्वरुप पुरस्कार प्रदान गरिएको जनाइएको छ । यसबाट राष्ट्रहरू बिचको समृद्धिमा भिन्नता देखाएको एकेडेमीले उल्लेख गरेको छ । कानुनी शासनको मामिलामा कमजोर रहेको एवं समाज र जनसङ्ख्याको शोषण गर्ने संस्थाले समृद्धि वा परिवर्तनका लागि योगदान गर्न सक्दैनन् भन्ने विषयलाई विजेताहरूको अनुसन्धानले बुझ्न मद्दत गरेको एकेडेमीले उल्लेख गरेको छ ।
पुरस्कारका विजेताहरूले युरोपेली मुलुकहरूले उपनिवेश गरेका अर्थतन्त्र र त्यसको संस्थागत अवस्था तथा उपनिवेशपछिको संस्थागत अवस्थाको बारेमा अध्ययन गरेका छन् । यस क्रममा समावेशीकरणका लागि ल्याइएका संस्थाका कारण पहिले धनी भएका औपनिवेशिक मुलुक पनि अहिले कमजोर अवस्थामा पुगेको उनीहरूको अध्ययनको निष्कर्ष छ ।
समावेशीकरणका लागि सिर्जित संस्थाले दीर्घकालीन फाइदा गर्ने भए पनि सत्तामा रहेका व्यक्तिले अल्पकालीन लाभको लागि प्रयोग गर्ने गरेले यसले परिणाम दिन नसकेको उनीहरूको निष्कर्ष छ । राजनीतिक प्रणालीको नियन्त्रण यी संस्थाहरू रहुन्जेल यी संस्थाले गर्ने आर्थिक सुधारका प्रतिविद्धताबारे कसैले विश्वास नगर्ने समेत उनीहरूको अध्ययनको निष्कर्ष छ ।
विजेताहरूका अनुसार विभिन्न देशको बिचमा बढ्दै गएको आम्दानीको भिन्नता कम गर्नु अहिलेको समयको सबैभन्दा ठुलो चुनौती हो । पुरस्कारका लागि गठित समितिका अध्यक्ष जाकोब स्वेन्सन भन्छन्, ‘पुरस्कार विजेताहरूले यो चुनौतीलाई सामना गर्दै सफलता हासिल गर्न सामाजिक संस्थाको महत्त्व के हुन्छ भन्ने विषय प्रस्ट पारेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण